२१ बैशाख २०८१, शुक्रबार
Follow Us

पाइप जलाएपछि धरानमा खानेपानीको हाहाकार

नेपालब्रिटेन संवाददाता
७ चैत्र २०८०, बुधबार ०५:५२

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा खानेपानीको हाहाकार भएको छ । विगत केही महिनायता खानेपानी समस्या चर्किंदै गएको छ । धरानमा बर्सेनि बसोबास बढेकाले खानेपानी समस्या चुलिँदै गएको छ ।

धरानमा वर्षेनी खानेपानीको समस्या बढ्दै गएपछि धरानका नगरप्रमुखको पहलमा कोकाहा नदीवाट पाइप विछ्एर धरानमा खानेपानीका केही हदसम्म समस्या सामाधान गरिएको थियो । तर जङ्गलमा लागेको डढेलोले खानेपानीको पाइप जलाएपछि पानी अवरुद्ध हुन पुगेको हो ।

पानी आउन वन्द भएपछि धरानको केही वडाहरुमा पानी आउन बन्द भएको छ । धरानको ११,१२ र १५ वडामा बढी पानीको समस्या देखिएको छ ।

चारकोशे जङ्गल क्षेत्रवाट छवटा बोरिङमार्फत धरानमा पानी आपुर्ती गरिंदै आएको छ । तर लगातारको खडेरीले पानीका मुहान सुकेका कारण समेत सर्वसाधारणको धारामा पानी नआउँदा धरानमा अहिले पानीको हाहाकार भएको हो ।

धरानमा दैनिक तीन करोड लिटर खानेपानीको माग रहेको छ । तर दुइ करोड लिटर पानीको मात्र आपुर्ती हुने गरेको छ । यो खडेरीमा झनै पानीको अभाव चुलिएको छ ।