२१ बैशाख २०८१, शुक्रबार
Follow Us

सरकारी वकिलको कार्यालयमा बयान दिएलगत्तै विनोद चौधरी किन उडे श्रीलंका

नेपालब्रिटेन संवाददाता
८ चैत्र २०८०, बिहीबार १३:४९

काठमाडौं । उद्योगपति एवं कांग्रेसका सांसद विनोद चौधरी श्रीलंका उडेका छन् । आज बिहिबार बाँसबारी जग्गा प्रकरणमा सरकारी वकील कार्यालयमा बयान दिएपछि चौधरी श्रीलंका उडेका हुन् ।

चौधरी बिहीबार दिउँसो १:५७ को श्रीलंकन एयरलाइन्सको विमानमार्फत श्रीलंका उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ । उनी नियमित कामको शिलशिलमा विदेश गएको बताइएको छ। चौधरीसँग सरकारी वकील कार्यालय काठमाडौंमा बिहीबार बिहान ८ बजेदेखि ११ बजेसम्म ३ घण्टा बयान लिइएको थियो । सरकारी वकील र सीआईबीका अधिकारीहरूको रोहबरमा चौधरीको बयान भएको थियो ।

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी समूहले आफ्नो बनाएको आरोप लागेपछि उनीमाथि अनुसन्धान अघि बढाइएको छ । चौधरीले भने इन्कारी बयान दिएका छन् ।

उनले कानुन बमोजिम नै जग्गा खरिद गरिएको बताएका छन । बाँसबारी जग्गा प्रकरणमा १८ माघमा सीआईबीले विनोदका भाइ, सीजी चाँदबाग रेसिडेन्सीका सञ्चालक अरुण चौधरी, अध्यक्ष सञ्जय ठाकुर र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेर बयान लिएको थियो ।