१६ बैशाख २०८१, आईतवार
Follow Us

बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा सरकारको नाममा आयो

नेपालब्रिटेन संवाददाता
९ चैत्र २०८०, शुक्रबार १३:५१

काठमाडौं । सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ । आज शुक्रबार बसेको भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले यस्तो निर्णय गरेको अधिकृत छविराम नेपालीले जानकारी दिएका छन ।

‘बाँसबारी जुत्ता कम्पनीको अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको छ’ भूमि सुधार तथा मालपोत कार्यालय डिल्ली बजारका अधिकृत छविराम नेपालीले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले व्यक्तिको नाममा लगिएका वा लाने प्रयत्न गरिएका राज्यको नाममा रहेको सम्पत्ति सरकार मातहत ल्याउने अभियान थालनी भैसकेको उनले बताएका छन ।

०४४ साल भदौ ५ गते ६ रोपनी र ०४४ मंसिर १८ गते पुनः ४ रोपनी जग्गा च्याम्पियन फुटवेयर कम्पनीको नाममा लगेको भेटिएको समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।