२७ बैशाख २०८१, बिहीबार
Follow Us

ओलीले पार्टीका विभागीय प्रमुखहरुसँग छलफल गर्ने

नेपालब्रिटेन संवाददाता
९ चैत्र २०८०, शुक्रबार १३:५५

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका विभागीय प्रमुखहरुको बैठक बोलाएको छ । आइतबार बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा विभागीय प्रमुखहरुको बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभागीय प्रमुखहरुसँग छलफल गर्ने उनले जानकारी दिएका छन । विभागले गरिरहेको कामको रिपोर्टिङ, पार्टीलाई विभागका तर्फबाट दिइने सुझाव र नयाँ योजना निर्माणबारे बैठकमा छलफल हुने उनले जानकारी दिएका छन ।

उनले भने, ‘पार्टीमा देखिएको समस्या र समाधानबारे पार्टी अध्यक्षले विभागीय प्रमुखहरुसँग गर्न बैठक बोलाइएको हो’ ।