१५ बैशाख २०८१, शनिबार
Follow Us

थाइल्याण्डमा अलपत्र १३ नेपालीको उद्धार

नेपालब्रिटेन संवाददाता
९ चैत्र २०८०, शुक्रबार १४:००

काठमाडौं । थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीको उद्धार गरीएको छ । थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीको उद्धार गरी आज शुक्रबार नेपाल ल्याइएको थाइल्याण्डस्थित नेपाली राजदूतावास बैंककले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

थाइल्याण्डस्थित नेपाली राजदूतावास बैंककले एक विज्ञप्ति जारी गर्दै थाइल्याण्ड र म्यान्मार सीमा नजिक म्यान्मारको म्यावड्डीमा विगत लामो समयदेखि समस्यामा परेका १३ नेपाली नागरिकहरूलाई थाई परराष्ट्र मन्त्रालय, थाई इमिग्रेसन ब्यूरो र नेपाली राजदूतावासको समन्वयमा उद्धार गरेको जानकारी दिएको छ ।

‘उल्लेखित १३ नेपाली नागरिकहरूलाई मिति २०८०।१२।९ का दिन राजदूतावासले थाइल्याण्डको मेइसोटसम्म कर्मचारी खटाई थाई म्यान्मार सीमा पार गराई थाइल्याण्डको मेइसोटतर्फ ल्याई त्यहाँबाट हवाई यात्रा मार्फत बैङ्कक हुँदै आजै नेपाल एयरलाइन्सको उडान नं च्ब् द्धण्द्द बाट काठमाण्डु पठाइएको छ, विज्ञप्तिमा उल्लेख गरीएको छ ।’