१५ बैशाख २०८१, शनिबार
Follow Us

माटोको ढीस्कोमा च्यापिएर एकको मृत्यु, ३ जनाको सकुशल उद्धार

नेपालब्रिटेन संवाददाता
११ चैत्र २०८०, आईतवार ०६:४२

डोटी । डोटीमा माटोको ढीस्कोमा च्यापिएर एक जना महिलाको मृत्यु भएको छ । शिखर नगरपालिका वडा नम्बर ९, ढुङ्गमा माटोको ढीस्कोमा च्यापिएर सोहि वडाको छोया घर भएकी निर्मला रोस्याराको मृत्यु भएको शिखर नगरपालिकाका प्रवक्ता धिर्क सिंहले बताएका छन् ।

घटनामा अन्य तीन जना पनि परेका र उनीहरुको सकुशल उद्धार गरिएको शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरले बताए । घर पोत्ने माटो खन्ने क्रममा घटना भएको हो । उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलि समेत घटनास्थल पुगेको थियो ।