२७ बैशाख २०८१, बिहीबार
Follow Us

इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार तोक्ने रास्वपाको तयारी

नेपालब्रिटेन संवाददाता
१३ चैत्र २०८०, मंगलवार १३:४६

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आगामी १५ वैशाखमा इलाम–२ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा मिलन लिम्बुलाई उम्मेदवार बनाउने संकेत गरेको छ ।

स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेर चुनाव प्रचारमा लागेका लिम्बुलाई उम्मेदवार बनाउने गरी संवाद अघि बढेको रास्वपा उच्च तहका एक नेताले जानकारी दिएका छन ।

लिम्बु माओवादी केन्द्र निकट पत्रकाहरुको संस्था प्रेस सेन्टरमा आवद्ध रहेका छन । उनी आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिव समेत हुन् । तर रास्वपाले भने विगतको पृष्ठभूमि नहेरी योग्य उम्मेदवार उठाउने बताउँदै आएको छ । रास्वपाका उच्च तहका एक नेताले भने, ‘कुन पार्टीको के भनेर आवद्धता हेरिन्न् ।

रास्वपासँग जोडिएर उम्मेदवार हुन इच्छुक व्यक्तिको विगत विवादित हुनु भएन, ‘अनियमितता र विवादमा नरहेको देखिए उहाँ उम्मेदवार हुने सम्भावना बढी छ ।’ रास्वपाले १७ चैतमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने जनाएको छ ।

त्यसअघि उपसभापति डा. स्वर्णिम वाग्ले १५ चैतमा इलाम जाँदैछन् । उनले उम्मेदवार आकांक्षीहरुबीच छलफल गराएर योग्यलाई चयन गर्ने जानकारी दिएका छन ।

रास्वपाले उम्मेदवार हुन इच्छुकले बुधबारसम्म निवेदन दिन सक्ने समय अवधि तोकेको छ । तर, लिम्बुले रास्वपाले बनाएको कार्यतालिका अनुसार उम्मेदवारी दर्ता नगर्ने बताएका छन । रास्वपाले प्राइमरीमार्फत उम्मेदवार चयन गर्ने भने पनि कूल मतदाताको एक प्रतिशत पार्टी सदस्य नरहेकाले ‘प्राइमरी इलेक्सन’ गर्न नसकिएको बताएको छ ।