१५ बैशाख २०८१, शनिबार
Follow Us

राज्य व्यवस्था समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

नेपालब्रिटेन संवाददाता
१३ चैत्र २०८०, मंगलवार १३:५०

काठमाडौं । प्रतिनिधि सभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिले उपप्रधान एव गृहमन्त्री रवि लामिछानेलाई गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न बोलाएको छ ।

समितिको भोली (बुधबार) बिहान ११ बजे बैठकमा उपप्रधानमन्त्री लामिछानेलाई बोलाइएको स्रोतले जानकारी दिएको छ । समितिको सचिवालयका अनुसार सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । कांग्रेस नेता रामहरि खतिवडा सभापति रहेको यो समितिको कार्यक्षेत्रभित्र गृह मन्त्रालय पर्छ ।

सम्बन्धित मन्त्रालयको काम कारबाहीको विषयमा सम्बन्धित मन्त्री समेतको उपस्थितिमा छलफल गर्न लागिएको समितिका सचिव सुरजकुमार दुराले जानकारी दिएका छन ।