२९ बैशाख २०८१, शनिबार
Follow Us

भोलिदेखि एसईई, ५ लाख विद्यार्थी सहभागी हुँदै

नेपालब्रिटेन संवाददाता
१४ चैत्र २०८०, बुधबार १५:५५

काठमाडौं । भोली बिहिबार द देखी देशभर यस बर्षको माध्यामिक शिक्षा परीक्षा एसईई सुरु हुदै छ । परीक्षा भोलि बिहान ८ बजेबाट सुरु हुनेछ ।

पहिलो दिन भोलि अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिउको छ । यस वर्षदेखि नयाँ पाठ्यक्रमअनुसार सञ्चालन हुने एसईईमा देशभरबाट १० हजार आठ सय ६ विद्यालयबाट पाँच लाख चार हजार ४१४ परीक्षार्थी सामेल हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

त्यसमध्ये छात्र दुई लाख ५३ हजार ७२७ छन् भने छात्रा दुई लाख ५० हजार ७ सय ७२ र १५ जना अन्य सहभागी हुँदै छ । देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन हुनेछ ।

केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी गरी ७७ हजार जनशक्ति परिचालन गरिँदै छ । २० वटा विषयमा परीक्षा सञ्चालन हुनेछ । यस वर्ष एसईई पास हुन ७५ पूर्णांकको सैद्धान्तिक परीक्षामा हरेकमा ३५ प्रतिशत अर्थात् २७ अंक अनिवार्य ल्याउनुपर्छ ।