१५ बैशाख २०८१, शनिबार
Follow Us

८३ वर्षीया वृद्धाको हत्या आरोपमा युवक पक्राउ

नेपालब्रिटेन संवाददाता
१५ चैत्र २०८०, बिहीबार १३:५८

काभ्रे । वृद्धाको हत्या गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ परेको छ। पक्राउ पर्नेमा  सुनसरीको धरान उपमहानगरपालिका-८ का २९ वर्षीय सन्तोष आचार्य रहेका छन्।

इलाका प्रहरी कार्यालय बनेपाले पत्रकार सम्मेलन गरेर बिहीबार आरोपी सार्वजनिक गरेको हो। काभ्रेको धुलिखेल-९ घर भई बनेपा-१३ भैंसेपाटीस्थित डेरा गरेर बस्ने ८३ वर्षीया लक्ष्मी तामाङ गरेर फरार रहेका युवकलाई चैत १३ पक्राउ गरिएको हो।

युवकलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। युवक लागूऔषध प्रयोगकर्ता रहेको प्रहरीले जनाएको छ।