१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए केन्द्रीय समितिको बैठक आइतवार

नेपालब्रिटेन डट कम्
१६ चैत्र २०८०, शुक्रबार ०५:२१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय परिषदको बैठक आइतवार बस्ने भएको छ ।

गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार संघको ९६ औं नियमित बैठक बस्न लागेको हो ।

भरर्चुअल मार्फत हुने बैठकमा विभिन्न समितिको गठन, आर्थिक प्रशासन समिति, कर्मचारी पदपूर्ती लगायतका विषयमा छलफल हुने भएको छ । बैठकले यसअघि पदाधिकारी बैठकले गरेका निर्णयहरु अनुमोदन गर्ने अजेण्डा तय गरिएको छ ।