११ श्रावण २०८१, शुक्रबार
Follow Us

माल्टामा तनहुँका प्रकाश पन्त बेपत्ता

नेपालब्रिटेन डट कम्
१८ चैत्र २०८०, आईतवार १६:५६

लण्डन । माल्टामा कार्यरत एक जना नेपाली बेपत्ता भएका छन् । गैरआवासीय नेपाली संघ माल्टाका अनुसार तनहुँ जिल्ला ब्यास नगरपालिका दमौली घर भई हाल रोजगारीको शिलसिलामा माल्टा रहेको प्रकाश पन्त गत साता देखि बेपत्ता भएका हुन् ।

पन्त बेपत्ता भए पछि उनकी श्रीमती रविना पन्तले गैरआवासीय नेपाली संघ माल्टामा खोजीको लागि आवेदन दिएकी छन् ।

उनकी श्रीमतिका अनुसार पन्त गत मार्च २५ तारिख काम गर्न गए पछि घर फर्किएका थिएनन् । उनी एक फुड डेलिभरी कम्पनीमा कार्यरत थिए ।

गैरआवासीय नेपाली संघ माल्टाले इमिग्रेसन प्रहरी प्रसाशन र डिटेन्सन सेन्टरमा सम्पर्क गर्दा नभेटिएको जनाएको छ ।