१२ श्रावण २०८१, शनिबार
Follow Us

विना विभागीयमन्त्री आलेलाई पद तथा गोपनियताको सपथ

नेपालब्रिटेन संवाददाता
२० चैत्र २०८०, मंगलवार ०५:०८

मकवानपुर । बागमती प्रदेशमा चार दल सम्मिलित नयाँ सत्ता समिकरण बनेपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक मन्त्रिपरिषद् बिस्तार गर्नुभएको छ ।

एकीकृत समाजवादीकी नेतृ एवं प्रदेश सभा सदस्य सांसद रमा आलेमगरलाई बिना विभागीयमन्त्री नियुक्त गर्नुभएको हो । मन्त्री आलेले बिना विभागीयमन्त्रीकै रुपमा मंगलबार पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा उहाँलाई प्रदेश प्रमुख यादव चन्द्र पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । यो सँगै एकीकृत समाजवादीले बागमतीमा तीन मन्त्रालय पाएको छ ।