२० बैशाख २०८१, बिहीबार
Follow Us

बागमतीमा एमालेका ४ मन्त्रीले लिए शपथ

नेपालब्रिटेन संवाददाता
२० चैत्र २०८०, मंगलवार १४:०३

काठमाडौं । बागमती प्रदेशमा एमालेबाट नियुक्त भएका चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार एमालेबाट मन्त्री बनेका काठमाण्डुका केशव पोखरेल र प्रकाश श्रेष्ठ, ललितपुरका रामेश्वर श्रेष्ठ, मकवानपुरका एकालाल श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराए ।

प्रकाश श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन, पोखरेलले वन तथा वातावरण, एकालाल श्रेष्ठले खानेपानी, ऊर्जा तथा सिँचाईं र रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रकाशबाहेक अरु तीन जना गत २५ पुसमा शालिकराम जम्कट्टेल मन्त्रिपरिषदकै मन्त्री हुन् । रामेश्वर यसअघि पनि स्वास्थ्य मन्त्रालय थिए । पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री र एकालाल श्रम, रोजगार तथा यातायात मन्त्री थिए ।

एमाले दुई महिना सरकारमा बसेर १० चैत ०७९ मा बाहिरिएको थियो । भागबण्डामा विवाद उत्पन्न भएपछि मुख्यमन्त्री कार्यालयमा मंगलबार दिउँसो मुख्यमन्त्री जम्कट्टेल, एमाले नेता थपलिया, एकीकृत समाजवादीका नेता कृष्णप्रसाद शर्मा खनालबीच छलफल भएको थियो । छलफलमा सहमति जुटेपछि चार मन्त्रीले शपथ लिएका हुन् ।