२१ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रहरीका १९ इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस

नेपालब्रिटेन संवाददाता
२२ चैत्र २०८०, बिहीबार ०६:३८

काठमाडौं । नेपाल प्रहरीका १९ प्रहरी निरीक्षक( इन्स्पेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।

बुधबार बसेको बढुवा समितिको बैठकले १९ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फका प्रहरी निरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि  १९ जना इन्सपेक्टरको सिफारिस सूची प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार प्रकाशित गरिएको हो ।

बढुवाका लागि सिफारिस भएकामध्ये पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय परिचालन कक्षमा कार्यरत निर्मल पनेरु रहेका छन् । उनको अंक ९७. २१६० रहेको छ ।