२१ बैशाख २०८१, शुक्रबार
Follow Us

शान्ति नेपाली समाज बेलायतले मनायो नयां वर्ष (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२२ चैत्र २०८०, बिहीबार ०८:३७

डिएन खराल । मिडल्याण्ड । शान्ति नेपाली समाज बेलायतले नयाँ वर्ष भव्य रुपमा मनाएको छ ।

संस्थाको आयोजनामा गत सोमवार आयोजित विषेश कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रियसभा सदस्य सांसद सुश्री बिष्नु सापकोटाले विदेशमा बस्ने नेपालीहरुको आवाजलाई नेपालको संसद समक्ष पुरा–याउने प्रतिबद्धता जनाइन् । उनले विदेश आएको मौकामा नेपाली नयां वर्ष कार्यक्रममा सहभागी हुन पाउदा खुशी व्यक्त गरिन् ।

कार्यक्रममा आध्यात्मिक गुरु डा. चिन्तामणि नाथ योगीले सभ्य समाज तथा घर बन्नका लागी श्रीमती बिरामी हुदाँ श्रीमानले तातो पानी लिएर स्वतः आउने संस्कार हुनु पर्ने बताए ।

उनले भने ‘हामी आफ्नो बच्चले अंग्रेजी बोल्दा भन्दा नेपाली भाषा बोल्दा खुसी हुने गरांै । कुनै दिन छोराहरुले प्रयोग गर्ने अंग्रेजी शब्दले अपमानित हुन नपरोस् ।’
उनले विदेशमा जन्मेर हुर्कदै गरेका नेपालीहरुलाई नेपाली भाषा र संस्कृति सिकाउन आग्रह गरे ।

संस्थाका महासचिव बिनोद थापाले संचालन गरेको कार्यक्रममा सभापति अध्यक्ष प्रबिण खरालले अतिथिहरू, मिडल्याण्डका संघ संस्थाका अध्यक्षहरू तथा प्रतिनिधिहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष राम प्रसाद न्यौपानेले स्वागत मन्तव्य दिए । निवर्तमान अध्यक्ष भोजराज भण्डारीले संस्थाको फेसबुक पेजबाट कार्यक्रम लाइभ प्रसारण गर्न सहयोग गरेका थिए ।

कार्यक्रममा स्थानीय कलाकारहरु र राष्ट्रिय कलाकार बसन्त लम्साल, यज्ञ बिक र सपना गाहामगरले प्रस्तुती दिएका थिए । ।