२० बैशाख २०८१, बिहीबार
Follow Us

‘भ्वाइस अफ नेपाल’को टोली लण्डनमा

नेपालब्रिटेन डट कम्
२३ चैत्र २०८०, शुक्रबार २०:४०

सुजन पराजुली । लन्डन । ‘भ्वाइस अफ नेपाल’को कलाकारहरुको टोली बेलायत आइपुगेको छ ।

सुनगाभा इन्टरटेनमेन्टको निमन्त्रणामा सो टोली बेलायतमा आफ्नो प्रस्तुती दिन आइपुगेको हो ।

टोलीलाई लन्डनस्थित हिथ्रो विमानस्थलमा सुनगाभा इन्टरटेनमेन्टका कार्यवाहक सीईओ मिन रोका मगर, प्रबन्ध निर्देशक गौरव लिम्बू, निर्देशक लोकनाथ अधिकारी लगायतले स्वागत गरेका थिए ।

सुनगाभा इन्टरटेनमेन्टका अनुसार भ्वाइस अफ नेपालले यूकेमा १० वटा सहरमा विशेष प्रस्तुती दिने छ । उनीहरुको ५ अप्रिल देखि आगामी २६ तारिखसम्मको कार्यक्रम तय गरिएको छ।
बेलायतका बिभिन्न शहरमा हुने कार्यक्रममा सहभागी हुन आयोजकले वेलायतबासी नेपालीहरुलाई आग्रह गरेको छ ।

फोटो ट्ड्ड शीव भण्डारी