२१ बैशाख २०८१, शुक्रबार
Follow Us

सुनसरीमा आज पनि कर्फ्यू

नेपालब्रिटेन संवाददाता
२४ चैत्र २०८०, शनिबार १३:३४

काठमाडौं । फेसबुकमा राखेको भिडियोका कारण उत्तपन्न विवादले स्थिति अशान्त बनेपछि सुनसरीका पाँचवटा पालिकामा शनिबार पनि कर्फ्यु जारी छ ।

दुई समूहबीचको झडपले उग्र रुप लिएपछि शुक्रबार बेलुकाबाट जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाएको थियो ।

कर्फ्यू हटाउनका लागि स्थानीय प्रशासनले सर्वदलीय छलफल आह्वान गरेको थियो । छलफल जारी रहेको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिएका छन। उनका अनुसार छलफलपछि कर्फ्यूका बारेमा निर्णय हुनेछ ।

शुक्रबार दिनभर अशान्त रहेको सुनसरीको दक्षिणी क्षेत्रको अवस्था कर्फ्युका कारण शनिबार सामान्य छ । प्रहरीको उपस्थिति बाक्लो रहेको छ ।