२० बैशाख २०८१, बिहीबार
Follow Us

गोर्खा सम्बन्धी अन्तरक्रिया कार्यक्रम स्थगित

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०८०, आईतवार १०:००

लण्डन । गैरआवासीय नेपाली संघको आयोजनामा हुने भनिएको एक कार्यक्रम स्थगित भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तरर्गतको गोर्खा कल्याण समन्वय समिति र गैरआवासीय नेपाली संघ यूकेको आयोजनमा अप्रील १४ तारिख हुने भनिएको अन्तरक्रिया कार्यक्रम हालको लागि स्थगित गरिएको हो ।

एनआरएनए गोर्खा कल्याण समन्वय समितिका अध्यक्ष चन्द्र गुरुङ र एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङले एक विज्ञप्ति जारी गर्दै गत बुधबार ३ अप्रिल २०२४ मा सर्बोच्च अदालतले एनआरएनको दशौं महाअधिबेशन खारेज गरेसंगै एनआरएनए संस्था सुन्य अवस्थामा झरेको भन्दै कार्यक्रम स्थगित गरेका हुन् ।

विज्ञप्तिमा ‘सर्बोच्च सम्माननिय अदालतले एनआरएन जस्तो संस्थालाई आफ्ना कार्यक्रमहरु संचालन र परिचालन गर्न अत्यन्तै असहज परिस्थितिको शृजना गरी दिएको छ । जसका कारण, यो अन्तरराष्ट्रिय स्तरको सम्मान तथा अन्तरकृया कार्यक्रम अनिश्चित समयको लागि स्थगित गरिएको उल्लेख’ छ ।

कार्यक्रमलाई उपप्रधानमन्त्री तथा पररास्ट्रमन्त्री, वेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य, गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी लगायतले सम्बोधन गर्ने कार्यक्रम थियो ।