२२ बैशाख २०८१, शनिबार
Follow Us

मधेशमा प्रदेशस्तरीय सुरक्षा बैठक जारी

नेपालब्रिटेन संवाददाता
२८ चैत्र २०८०, बुधबार ०७:१३

काठमाडौँ । मधेश प्रदेशको जनकपुर उपमहानगरमा प्रदेशस्तरीय सुरक्षा बैठक जारी छ । प्रदेशको सुरक्षा संरचना, शान्ति सुरक्षाको वर्तमान अवस्था लगायतका विविध विषयमा सरोकारवालसँग छलफल गर्न बुधबार एक दिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएको हो ।

बैठकमा सहभागी हुन उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मंगलबार साँझ नै जनकपुर पुगिसकेका छन् । बुधबार मधेशका आठै जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रमुख अधिकारीहरू, प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवाला निकायका अधिकारीहरू सहभागी हुने गोष्ठीमा बिहान साढे आठ बजे सुरु गरी पौने ४ बजेसम्म सञ्चालन हुने मधेश प्रदेश सञ्चार तथा कानून मन्त्रालयले जनाएको छ ।

गोष्ठी नेपाल सरकार गृह मन्त्रालय र मधेस सरकार गृह, सञ्चार तथा कानून मन्त्रालयको आयोजनामा हुन लागेको हो ।