२२ बैशाख २०८१, शनिबार
Follow Us

रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष घले पक्राउ

नेपालब्रिटेन संवाददाता
२८ चैत्र २०८०, बुधबार १४:११

काठमाडौं । प्रहरीले रसुवाका नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घलेलाई पक्राउ गरेको छ । उनलाई पक्राउ गरिएको मानव बेचबिखन ब्यूरोका एसएसपी ओम रानाले जानकारी दिएका छन ।

अध्यक्ष घलेले मानव बेचविखन विरुद्धको कसुर गरेको आरोप रहेको छ । ०७३ साउन २२ मा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । नेपाली महिलाहरूलाई कुवेत पठाउँछु भनेर उनले श्रीलङ्का पठाएको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

सो घटनामा संलग्न अरु दुई जना फरार रहेको पनि प्रहरीले जनाएको छ । उनी गत निर्वाचनमा कांग्रेस बाट निर्वाचित भएका थिए ।