१९ बैशाख २०८१, बुधबार
Follow Us

हावाहुरीले त्रिभुवन विमानस्थलमा उडान अस्तव्यस्त

नेपालब्रिटेन संवाददाता
२९ चैत्र २०८०, बिहीबार १३:२६

काठमाडौं । आज बिहिबार आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त भएको छ । कतारबाट आएको कतार एयरवेजले ‘ओभरसुट’ गर्नुपरेको ।

विमानस्थल प्रवक्ता सुवास झाले जानकारी दिएका छन । यो जहाज पुनः काठमाण्डुमा अवतरण गर्ने प्रयासमा छ । त्यस्तै चाइना इस्टर्नको जहाज बंगलादेशको ढाका ‘डाइभर्ट’ भएको पनि उनले जानकारी दिएका छन ।

भारतको इन्डिगो एयरको जहाज नयाँदिल्ली डाइभर्ट भएको प्रवक्ता झाले जानकारी दिए । आजको हावाहुरीको कारण आन्तरिक उडान समेत प्रभावित भएको उनले जानकारी दिएका छन ।

नेपालगन्जबाट आएको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट भएको छ । काठमाण्डुबाट पोखरा उडेको यती एयरलाइन्सको जहाज काठमाण्डुमै फिर्ता गर्नुपरेको उनले जानकारी दिएका छन ।

बुद्ध एयरको सिमराबाट उडेको जहाज पनि सिमरामै डाइभर्ट गर्नुपरेको छ । अहिले दिल्लीबाट आएको भिस्टारा एयर, ढाकाबाट आएको विमान बंगलादेश, थाइल्यान्डबाट आएको लायन एयर ‘होल्ड’ गरिएका छन् । अन्य आन्तरिक उडानका जहाज समेत होल्डमा रहेको पनि उनले जानकारी दिएका छन ।