१८ बैशाख २०८१, मंगलवार
Follow Us

तिता अनुभवलाई बिट मार्न एनआरएनएले शुभकामना कार्यक्रम आयोजना गर्ने

नेपालब्रिटेन डट कम्
१ बैशाख २०८१, शनिबार १९:०६

लण्डन । गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिले नयां वर्ष २०८१ को अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

संघका महासचिव गौरीराज जोशीका अनुसार आइतवार (भोलि) नेपाली समय अनुसार साँझ ५ बजे भरर्चुअल कार्यक्रम हुन लागेको हो ।

सो अवसरमा नयां वर्ष २०८१ को अवसर पारेर विदेशमा रहेका नेपालीहरुबीच शुभकामना आदान प्रदान गर्ने तथा एनआरएनएको भविष्य विषयक अन्तरक्रिया समेत हुने भएको छ ।

गत वर्षका तिता अनुभवहरुलाई बिट मार्दै नयां वर्षलाई नयाँ अवसरको रुपमा सदुपयोग गर्ने उदेश्यले सो कार्यक्रम आयोजना हुन लागेको संघले जनाएको छ । कार्यक्रममा सबै पंन्जिकृति सदस्य लगायत संघका पूर्व तथा वर्तमान पदाधिकारीहरुलाई सार्वजनिक निमन्त्रणा गरिएको छ ।

Join Zoom Meeting

Topic: New Year 2081
Time: April 14, 2024 05:00 PM, Kathmandu
Join Zoom Meeting
https://us02web.zoom.us/j/86124197007?pwd=Ly9mWlRzS2lQRjhRT2ZsUFNHK3Y3Zz09

Meeting ID: 861 2419 7007
Passcode: 2081