१६ जेष्ठ २०८१, बुधबार
Follow Us

नेप्सेमा सामान्य गिरावट

नेपालब्रिटेन संवाददाता
२ बैशाख २०८१, आईतवार १४:२७

काठमाडौँ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य घटेको छ । आज नेप्से परिसूचक २.३५ अङ्कले घटेर २०२३.३५ बिन्दुमा कायम भएको हो ।

आज ३२० कम्पनीको ७७ लाख ९५ हजार ३३ कित्ता शेयर ५९ हजार ४२ खरिदबिक्री हुँदा तीन अर्ब ६ करोड ३७ लाख ७२ हजार ६५२ बराबरको कारोबार भएको छ ।

आज फाइनान्स, हाइड्रो, माइक्रो फाइनान्स र ट्रेडिङ समुहको सेयर मुल्यमा सामने वृद्धि भएको छ भने अन्य सबै समूहको उपसूचक घटेको छ ।

आज सबै भन्दा बह्दी सिर्जनशील लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ भने गुराँस लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा हाइड्रोको २१ करोड ४७ लाख ८९ हजार बराबरको शेयर कारोबार भएको छ ।