१८ बैशाख २०८१, मंगलवार
Follow Us

माल्टामा नेपाली दुतावास लण्डनको घुम्ति सेवा

नेपालब्रिटेन डट कम्
५ बैशाख २०८१, बुधबार ०८:१७

भुवन झा । नेपाली दुतावास लण्डनले माल्टामा घुम्ति सेवा प्रदान गरेको छ । तीन दिनमा १०५० जना निवेदक सेवाग्राहीहरु लाभान्दित भएको गैरआवासीय नेपाली संघ माल्टाका अध्यक्ष रेमलाल खनालले जानकारी दिए ।

अप्रिल १३, १४ र १५ तारिखमा सम्पन्न भएको सो घुम्ति शिविर निकै प्रभावकारी भएको संघले जनाएको छ ।

दुतावासले पासपोर्ट नविकरण, वारेशनामा, कागजात प्रमाणिकरण लगायतको सेवा प्रदान गरेको थियो ।

घुम्ति सेवामा शंकर पोखरेलले निःशुल्क फोटोकपी, प्रिन्ट र फारम भर्न सेवा प्रदान गरी थप सहज बनाएका थिए ।

घुम्ति सेवामा टिम डाइनामिकको तर्फबाट शंकर पोखरेल, राजीव केसी, राम पराजुली, समुन्द्र भट्टराई, सौरभ कुँवर, त्यसै गरी एनएमएफसीकोे तर्फबाट राजेन्द्र विष्ट, आकाश गुरुङ, झापाली समाज माल्टाको तर्फबाट लोकराज पौडेल, रमेश खत्री, शर्मिला बस्नेत ,तामाङ समाज माल्टाको तर्फबाट शुनिल डोंग र रविन तामाङ, विशाल खत्री लगायतले उल्लेख्य सहयोग गरेका थिए ।