१९ बैशाख २०८१, बुधबार
Follow Us

दुवै इग्लिस क्लब च्याम्पियन्स लिग बाहिर

नेपालब्रिटेन संवाददाता
६ बैशाख २०८१, बिहीबार ०५:५२

लन्डन । इग्लिस क्लब म्यानचेस्टर सिटी र आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । सिटी स्पेनिस क्लब रियाल म्याड्रिडसँग पेनाल्टी सुटआउटमा पराजित भएको हो भने आर्सनल जर्मनी क्लब बार्यर म्युनिखसँग पराजित भएको हो ।

यो नतिजासँगै च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पूरा भएको छ । जर्मनी क्लब बार्यर म्युनिखले ३० अप्रिलमा स्पेनिस क्लब रियाल म्याड्रिडको सामना गर्नेछ भने अर्को जर्मनी क्लब ब्रोसिया डटमन्टले फ्रोन्स क्लब पेरिस सेन्ट जर्मनी (पिएसजी) बीच पहिलो लेगको खेल हुनेछ ।

बिहीबार बिहान सम्पन्न दोस्रो लेगको क्वाटरफाइनलमा म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै रियाल म्याड्रिड सिजनको च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो ।

क्वाटरफाइनलको दोस्रो लिगमा रियल र म्यानचेस्टर सिटी निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी खेलेपछि समग्र नतिजा ४-४ गोलको बराबरी भएको थियो । निर्धारित ९० मिनेट र त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा खेल बराबरी भएपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय गरिएको थियो । यस खेलमा रियल म्याड्रिडका लागि रोड्रीगोले र म्यानचेस्टर सिटीका लागि केभिन डि ब्रुनेले गोल गरेका थिए ।

सिटीको पेनाल्टी सुटआउटमा बेर्नार्डो सिल्भा र माटेओ कोभाकिकले पेनाल्टी मिस गरेका थिए ।

बायर्न म्युनिखले आर्सनललाई क्वाटरफाइनलको दोस्रो लिगमा १-० ले पराजित गर्दै समग्रमा ३-२ को नतिजासहित सेमिफाइनलमा पुगेको छ । यस अघि पहिलो लिगमा दुवै टिम २-२ को बराबरी खेलेका थिए ।