२२ बैशाख २०८१, शनिबार
Follow Us

चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

नेपालब्रिटेन संवाददाता
८ बैशाख २०८१, शनिबार १४:२८

पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । नेकपा माओवादीका हरिबहादुर चुमान आर्थिक मामिला र राजीव गुरुङ (दीपक मनाङे) ले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका हुन् । शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरुको जिम्मेवारी बाँडफाँड गरेको हो ।

गत २५ चैतमा नेपालको संविधान १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आफ्नो क्याबिनेटमा चुमान र मनाङे गरी ३ सदस्यीय मन्त्रिमण्डल बिस्तार गरेका थिए । त्यसबेला सत्ताघटक माओवादी संसदीय दलका नेता चुमान र मनाङबाट स्वतन्त्र सांसद हैशियतमा चुनाव जितेका मनाङेलाई बिनाविभागीय मन्त्रीको जिम्मेवारी दिएका थिए ।

तर प्रदेशसभा सभामुख कृष्णप्रसाद धिताललाई समेत गनेर मुख्यमन्त्रीमा नियुक्त अधिकारीविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । सर्वोच्चमा विचाराधीन उक्त मुद्दाको पेसी १० वैशाखलाई तोकिएको छ ।