२२ बैशाख २०८१, शनिबार
Follow Us

बलियो राष्ट्रिय शक्ति बन्न ५ लाख सदस्य थप्ने एमालेको लक्ष्य

नेपालब्रिटेन संवाददाता
८ बैशाख २०८१, शनिबार १४:३०

काठमाडौं । एमालेले ५ लाखभन्दा बढी पार्टी सदस्य थप्ने लक्ष्य राखेको छ । आज शनिबार बाटललितपुरको गोदाबरीमा सुरु भएको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीको प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ०८४ को निर्वाचनमा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने थप ५ लाखभन्दा बढी पार्टी सदस्य आवाश्यकता पर्ने उल्लेख गरीएको छ ।

त्यसका लागि बलियो पार्टी निर्माण पूर्वर्शत भएको अध्यक्ष ओलीले बताएका छन । उनले भनेका छन ‘हाम्रो पार्टी बाहिर पनि राष्ट्रिय शक्तिका पक्षधर छन्, तर तिनीहरु बलिया, प्रभावकारी वा अगुवाई गर्न सक्ने भूमिकामा छैनन्’, उनले भनेका छन्, ‘बलियो एमालेको नेतृत्वमा मात्र तिनीहरुलाई राष्ट्र निर्माणका काममा गोलबद्ध गर्न सकिन्छ ।’

उनले बलियो पार्टी निर्माणका लागि हरेक जिल्ला र पालिका तहमा कुल मतदाताको ६ प्रतिशत पार्टी सदस्य बनाउनुपर्ने महासचिव शंकर पोखरेलले बताएका छन् । । ‘पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रुस्पमा स्थापित गर्नका लागि जिल्ला तथा पालिका तहमा कुल मतदाताको ६ प्रतिशत प्रत्येक वडामा न्यूनमत तीन प्रतिशत पार्टी सदस्यता विस्तारको योजना बनाउनु पर्दैछ’ उनले प्रतिवेदनमा भनेका छन् ।

पोखरेलको सांगठनिक प्रतिवेदनअनुसार हाल एमालेमा २ लाख ७७ हजार ४०० संगठित सदस्य छन् । पार्टी सदस्यको संख्या भने ५ लाख ७६ हजार ६० छ । कुल मतदाताको ६ प्रतिशत पार्टी सदस्य बनाउन ५ लाख २ हजार ६६८ सदस्य थप्नुपर्ने भन्दै पोखरेलले प्रदेश र जिल्लागत रुपमा लक्ष्य निर्धारण गरेका छन् ।

फागुन–चैत सदस्यता नवीकरणको महिना भएपनि अधिवेशनका कारण हुन नसकेको भन्दै पोखरेलले भनेका छन्, ‘नवीकरणको काम जेठ मसान्तसम्म पूरा गरी केन्द्रीय संगठन विभागमा अभिलेख प्रमाणित गर्नु पर्दछ ।’