२१ बैशाख २०८१, शुक्रबार
Follow Us

संखुवासभामा घरायसी विवादमा भाईले गरे दाइको हत्या

नेपालब्रिटेन संवाददाता
८ बैशाख २०८१, शनिबार १४:३१

काठमाडौं । संखुवासभामा घरायसी विवादको कुरालाई लिएर भाइले कुटपिट गर्दा दाइको मृत्यु भएको छ । सभापोखरी गाउँपालिका–३ इथुम्बुमा ४० वर्यका सनमान राईलाई उनकै भाइ ३५ वर्षका प्रवीण राईले कुटपिट गरेर धकेल्दा ढुंगामा ठोक्किएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोककुमार जबेगुले जानकारी दिएका छन ।

मृतक सनमान राई कान नसुन्ने र बोलीसमेत नआउने अपांगता भएका व्यक्ति भएको पनि प्रहरीले जानकारी दिएको छ । दाजुभाइबीच आँगनमा राखेको दाउराको विषयमा विवाद भएको खुलेको प्रहरीले जानकारी दिएको छ ।

घटनापछि प्रहरी चौकी बाह्रबिसेबाट खटिएको टोलीले कुटपिटमा संलग्न प्रवीण राईलाई पक्राउ गरेको र घटनाको अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक राईले जानकारी दिएका छन ।