२१ बैशाख २०८१, शुक्रबार
Follow Us

उमेदवारको सर्वसम्मत छनौट पछि नेतृत्वको विवाद समाप्त, निर्वाचनको औचित्य समाप्त

नेपालब्रिटेन डट कम्
९ बैशाख २०८१, आईतवार २०:५१

नारायण भण्डारी ।

हुट्टो ।टेक्सस । ग्रेटर अस्टिन नेपाली समाजको पॉचौ अधिवेशन अन्तर्गत अप्रिल २१ गते कार्य समिति छनौटका लागि हुन लागेको निर्वाचन स्थगित भएको छ ।

गएराती संस्थाको फ़ेसबुक पेजमा राखिएको सुचना अनुसार केहि उमेदवारले निवेदन फिर्ता लिएकोले सबै पदहरुमा निर्विरोध गराउने गरि सहमति जुटेको थियो। सबै पदहरुमा सर्वसम्मत सहमति जुटेकोले २१ गते हुने निर्वाचनको उपादयता सकिएकोले निर्वाचनको कार्यक्रम स्थगित गरिएको छ । सामुदायिक संस्थामा नेतृत्व छनौट गर्दा प्रजातांत्रिक पद्दतीबाट चुनाव गराईनु राम्रो हो त्यस बाहेक सर्वसम्मतिको विधिबाट छनौट गर्नु सर्वोत्तम विधि हो | संस्थामा चुनावी सरगर्मी बढेपछि उत्पन्न विवाद र विभाजनले पशुपतिनाथको मन्दिरका लागि गरिनु पर्ने थप संरचना निर्माणमा समस्या हुने संकेतहरु देखिएका थिए।

हिजोका दिनमा नमिलेका र विधि संम्मत नभएका जति पनि विषय छन अवका दिनमा ति कुराहरुलाई सुधार गरेर अघि वढने कुरामा सर्वसम्मत नेतृत्व छनौटले शुभ संकेत दिएको छ । पदको लागि देखिएको लामो रस्साकस्सी र निर्वाचनको अधिल्लो दिन भएको मेलमिलाप प्रति कतिपय मतदाता सदस्यहरुले व्यंग्य गर्दै नाटक मंचनको संज्ञा दिएका छन । संस्थाको भविष्यको लागि सर्वसम्मत नेतृत्व छनौट र यसका लागि भएका प्रयासलाई संदेश मुलक सकारात्मक उपलब्धिको रुपमा हेरिनु पर्ने आम मतदाताको भनाई रहेको छ ।

सर्व सम्मतिको प्रयास पछि कार्यसमितिको चयन यसरी गरिएको छ । अध्यक्षमा विदुर खतिवडा, उपाध्यक्षमा निरोज मानन्धर र अशोक शाही, महासचिवमा विनोद दाहाल, सचिवमा प्रदिप चौलागाई, कोषाध्यक्षमा धिरेन्द्र कुमार यादव रहेका छन । त्यसैगरि सदस्यहरुमा तिलक भण्डारी, नारायण रिजाल, रमेश बाहादुर खड्का, बिर्ख बाहादुर खत्री, मिथिलेश यादव, टिका माया गुरुगं, आनन्द यादव, रेशम बाहादुर गुरुगं, जगदीश पाठक, सुरज अधिकारी, सुजन अधिकारी, इन्दिरा दाहाल, सपना रावत,धर्मेंद्र यादव, सूर्य कार्की रहेका छन । ग्रेटर अस्टिन नेपाली समाजको कार्य समिति चयनलाई निर्विरोध गराउन गरिएको प्रयास र उपलब्धीलाई सन्देस मुलक मान्नु पर्ने आम धारणा रहेको छ ।
ग्रेटर अस्टिन नेपाली समाजको पछिल्लो प्रयासले सर्वसम्मत कार्य समिति चयन गर्न सकेकोमा खुसी व्यक्त गर्दै न्युयोर्कबाट सामाजिक अभियन्ता प्रभात सापकोटाले मोवाईल फोनबाट संक्षिप्त प्रतिक्रिया दिए। उनले अमेरिकामा नेपाली समाज द्दारा संचालित संघ संस्थाहरु प्रसस्तै रहेका र संस्थाका विकास र प्रगतिका लागि सवै संस्थाहरु प्रचलित सबै विधि विधान पुरा गरेर संचालन गरिनु पर्नेमा जोड़ दिए ।