२१ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

नेपालब्रिटेन संवाददाता
११ बैशाख २०८१, मंगलवार १४:१०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रम, सत्ता समीकरणको समीक्षालगायत प्रदेशमा सरकार विस्तारको विषयमा छलफल भएको बुझिएको छ ।

गठबन्धनमा रहेको एकीकृत समाजवादी असन्तुष्ट रहेको, लुम्बिनीबाट जसपाले सरकार छोडेको विषयमा समेत छलफल भएको स्रोतले बताएको छ ।