२२ बैशाख २०८१, शनिबार
Follow Us

फ्रान्समा रहेको ‘इन्टरपोल’को केन्द्रीय कार्यालयमा माछापुछ्रे हिमाल !

नेपालब्रिटेन डट कम्
१२ बैशाख २०८१, बुधबार १९:४४

महेश अधिकारी । लण्डन । फ्रान्समा रहेको इन्टरपोलको केन्द्रीय कार्यालय माछापुछ्रे हिमालको पोष्टरले सुशजित रहेको छ । इन्टरपोल विभिन्न देशहरुका प्रहरीहरुबीच सहकार्य गरी अन्तराष्ट्रिय स्तरमा अपराधिक गतिविधि बिरुद्ध संयुक्त रुपमा काम गर्ने अन्तराष्ट्रिय संस्था हो ।

इन्टरपोलमा १९६ देशहरु सदस्य रहेका छन् । यो संसारको सबैभन्दा ठूलो पुलिस संगठन हो। केन्द्रीय कार्यालयको मुख्य प्रवेशद्धारमा राखिएको माछापुछ्रे हिमालको तल नेपालद्धार हस्तान्तरण गरिएको लेखिएको छ ।

यसैबीच नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर फ्रान्स प्रस्थान गरेका छन्। फ्रान्सको लियोनमा मंगलवार देखि सुरु भएको तीन दिने १९ औं ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा भाग लिएका छन् ।

हेड अफ एनसिबीमा अन्तर्राष्ट्रियस्तरमा हुने अपराधको नियन्त्रण सम्बन्धमा ‘इन्टरपोल’मा आबद्ध एक सय ९६ देशको सहभागिता रहेको छ ।

सहभागिताका क्रममा अन्तर्राष्ट्रियस्तरमा घटेका समसामयिक घटना, अपराध अनुसन्धानको विषय, प्रहरी कर्मचारीको क्षमता अभिवृद्धिलगायत विषयमा छलफल हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सम्मेलनमा महानिरीक्षक कुँवरसँगै प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंह समेत सहभागी छन् ।