२४ बैशाख २०८१, सोमबार
Follow Us

क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र

नेपालब्रिटेन संवाददाता
१४ बैशाख २०८१, शुक्रबार १२:२२

काठमाडौँ । युरोपेली देश क्रोएसियामा नेपाली राजदूतावास स्थापनाको माग गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाइएको छ। क्रोएसिया पछिल्लो समय नेपालीहरूको रोजगारीको प्रमुख गन्तव्य बन्दै गएको छ ।

क्रोएसियामा विगत लामो समयदेखि व्यापार व्यवसाय गर्दै आइरहेका समाजसेवी दावा लामाले एनआरएनए क्रोएसिया तथा त्यहाँ रहेका विभिन्न नेपाली समुदायहरूको प्रतिनिधित्व गर्दै उक्त ज्ञापन पत्र बुझाएका हुन्।