२७ बैशाख २०८१, बिहीबार
Follow Us

गल्कोटेहरुले बेलायतमा किने आफ्नै घर

नेपालब्रिटेन डट कम्
१५ बैशाख २०८१, शनिबार ०८:४२

लन्डन । बेलायतमा बस्ने गल्कोटेहरुको संस्था ‘गल्कोट समाज यूके’ ले आफ्नो संस्थागत भवन खरिद गरेको छ ।

मिडल्यान्डको बर्मिङहम, वेष्ट ब्रमिचको सिग्नट रोडमा समाजले आफ्नो महात्वाकांक्षी प्रोजेक्टका रुपमा रहेको ‘गल्कोट हाउस’ खरिद गरेको हो ।

करिब तीन लाख पाउन्डको लागतमा समाजले ३ बेडरूम हाउस खरिद गरेको अध्यक्ष चन्द्र साहनीले बताए ।
मूल्यको ३० प्रतिशत रकम डाउन पेमेन्टस्वरूप बुझाइएको छ भने बांकी मोर्गेजमा रहेको जनाएको छ ।

समाजका अध्यक्ष चन्द्र साहनी, निवर्तमान अध्यक्ष भोजराज कंडेल र पूर्व अध्यक्ष राजु कंडेलसहितका पदाधिकारीले शुक्रबार भवनको सांचो बुझेका छन् ।

बाग्लुङ जिल्लाको गल्कोट क्षेत्रमा पुख्र्यौली भएर हाल बेलायतमा बस्दै आएकाहरुको प्रतिनिधि संस्थाको रुपमा सन् २०१६ मा गल्कोट समाज यूके स्थापना गरिएको थियो।