२९ बैशाख २०८१, शनिबार
Follow Us

ट्रिपरले मोटरसाइकललाई ठक्कर दिंदा एकजनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१६ बैशाख २०८१, आईतवार ०५:५२

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका-२ सिसखोलामा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । दोभान कचल सडक खण्डमा शनिवार भएको दुर्घटनामा मोटरसाइकल चालक रैनादेवी छहरा गाउँपालिका ७ जुठापौवाका जगबहादुर बलालको मृत्यु भएको हो ।

मोटरसाईकलमा केरा लिएर बिक्रीको लागि बुटवल जाँदै गरेका बलालको घटनास्थलमै मृत्यु भएको स्थानीय राजेश श्रेष्ठले जानकारी दिए ।

मृतक ४५ वर्षीय बलालको शवलाई पोष्टमार्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ ।