१९ असार २०८१, मंगलवार
Follow Us

बढ्यो नेपालीको प्रतिव्यक्ति आय

नेपालब्रिटेन संवाददाता
१८ बैशाख २०८१, मंगलवार १४:३३

काठमाडौँ । नेपालीको प्रतिव्यक्ति औसत आय बढेको छ । चालु आर्थिक वर्षमा प्रतिव्यक्ति औसत आय १ हजार ४५६ डलर पुग्ने अनुमान केन्द्रीय तथ्याङ्क कार्यालयले गरेको छ ।

गत आर्थिक वर्षमा १ हजार ४०५ डलर रहेकोमा चालु आर्थिक वर्षमा ५१ डलर बढेको हो । पर्यटन आवागमनमा देखिएको सकारात्मक प्रभाव लगायतका कारणले अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको हो ।