४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

नेपाली राष्ट्रिय फुटबल टोली बेलायतमा

नेपालब्रिटेन डट कम्
२० बैशाख २०८१, बिहीबार १४:४२

लन्डन । इंग्ल्यान्ड र नेपालबीच हुन लागेको पहिलो ऐतिहासिक फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली लन्डन उत्रिएको छ ।

लन्डन हिथ्रो विमानस्थलमा उत्रिएका नेपाली खेलाडीहरुलाई लन्डनस्थित नेपाली दूतावासका पदाधिकारी र स्थानीय नेपाली समुदायका अभियन्ताहरुले स्वागत गरेका छन्।

मे ६ तारिख सोमबार अल्डरसट टाउन फुटबल क्लब स्टेडियममा हुने मैत्रीपूर्ण खेलमा भाग लिन खेलाडी, प्राविधिक र एन्फा पदाधिकारीसमेत लन्डन आइपुगेका हुन् ।

नेपाली राष्ट्रिय फुटबल टीमका कप्तान किरणकुमार लिम्बूसहित १२ खेलाडी विहिबार दिउँसो लन्डन उत्रिएका छन् । टीमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेजी र म्यानेजर उत्तम राजभण्डारीसहित चार खेलाडी बिहानै उत्रिइसकेका छन् ।

खेलाडी, प्रशिक्षक र व्यवस्थापकीय टीमसहित नेपालबाट जम्मा ३० जनाको टोली बेलायत आएको छ ।


लन्डन दूतावासका सेकेन्ड सेक्रेटरी रामबाबु नेपाल, समाजसेवी व्यवसायी रविन्द्रजंग लामिछाने, एनआरएनए यूके पूर्व अध्यक्ष सुर्य गुरुङ, इंग्ल्यान्डसंगको खेलका लागि नेपाली समुदायका तर्फबाट संयोजक कमल कोने गुरुङ, टिकट संयोजक दिलरास गुरुङलगायतले विमानस्थल पुगेर खेलाडीलाई स्वागत गरेका थिए ।

नेपाली टोलीले सोमबार अपरान्ह अल्डरसट टाउन फुटबल क्लबको इबीबी स्टेडियममा इंग्ल्याण्ड सीसंग ऐतिहासिक खेल खेल्दैछ । उक्त खेल हेर्न बेलायतवासी ५ हजार बढी नेपाली उतार्ने तयारी भइरहेको छ ।

त्यसअघि शुक्रबार ब्रिगेड अफ गोर्खाजको टीमसंग पनि नेपालले मैत्रीपूर्ण फुटबल खेल्नेछ ।