२६ कार्तिक २०८१, सोमबार
Follow Us

डा.विभु पौड्याल लन्डनको किङ्स कलेजमा बने प्रोफेसर

नेपालब्रिटेन डट कम्
२१ बैशाख २०८१, शुक्रबार ०४:१७

लण्डन । बेलायतको लण्डनस्थित ऐतिहासिक युनिभरर्सिटी किङ्स कलेजमा नेपाली प्रोफेसर डा.विभु पौड्याल नियुक्त भएका छन्। किङ्स कलेज विश्वकै एक अग्रणी अनुसन्धान र शिक्षण संस्था हो।

पौड्याल कलेजमा स्वास्थ्य सेवा अनुसन्धान र असमानता विषयमा हालै प्रोफेसर नियुक्त भएका हुन्। ४२ वर्षको उमेरमै उनी आधुनिक नर्सिङको जननीको रुपमा चिनिने ‘फ्लाेरेन्स नाइटिंगेल नर्सिङ, मिडवाइफरी र प्यालिएटिभ केयर’ संकायमा कार्यरत रहने भएकोले पनि अहिले प्रोफेसर पौड्यालको चर्चा छ।

नेपालको चितवनमा जन्मेर हाल ललितपुर बस्दै आएका प्रोफेसर पौड्याल करिब १८ वर्षअघि अध्ययनका लागि बेलायत आएका थिए।

उनले स्कटल्याण्डको एबरडिन युनिभरर्सिटीबाट क्लिनिकल फार्माकोलजीमा मास्टर डिग्रीमा युनिभरर्सिटी टप गरेका थिए। उनले त्यसपछि रोबर्ट गर्डन युनिभरर्सिटीबाट सन् २०११ मा विद्यावारिधि गरे।

अध्ययन पूरा गरेपछि उनी एबरडिन युनिभरर्सिटीमा र रोबर्ट गर्डन युनिभरर्सिटीमा केही वर्ष स्वास्थ्य अनुसन्धानमा कार्यरत रहे। पछिल्लो समय उनी बर्मिंघम युनिभरर्सिटीमा क्लिनिकल फारमाकोलेजी विषयमा लामो समयदेखि प्राध्यापन र अनुसन्धान गर्दै आएका थिए।

उनले पाकिङ्स्तानको बहाउद्दीन जकारिया युनिभरर्सिटीबाट फारमेसीमा स्नातक गर्दा पनि युनिभरर्सिटी टप गरेका थिए। त्यसपछि उनी अध्ययनका लागि बेलायत आएका हुन्।