२५ असार २०८२, बुधबार
Follow Us

जसपा फुटको असरः मन्त्रालयमा फर्किए अहिर

नेपालब्रिटेन संवाददाता
२४ बैशाख २०८१, सोमबार १४:१९

काठमाडौं । लुम्बिनी प्रदशेमा जसपाबाट प्रदेशसभा सदस्य भण्डारीलाल अहिरले कृषिमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । यसअघि उनले उक्त पद अस्वीकार गरेका थिए । मुख्यमन्त्री जोखबहादुर महरासँग सोमबार भेटेर उनले मन्त्रालयको काम थालेका हुन् ।

अहिर गत २५ चैतमा मन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री महराले अहिरलाई ६ वैशाखमा कृषि मन्त्रालयको जिम्मेवारी दिएका थिए । दुई मन्त्रालय दिने लिखित सहमति भए पनि एउटा मात्र मन्त्रालय दिएको भन्दै जसपाले सरकार छाड्ने गरेको थियो । त्यसपछि उनले ९ वैशाखमा राजीनामा दिएका थिए ।

मुख्यमन्त्रीले असन्तुष्टि सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि मनत्री अहिर जिम्मेवारीमा फर्कन तयार भएका हुन् ।

धेरै पढिएको