२८ भाद्र २०८३, आईतवार
Follow Us

बाढीपीडितलाई स्ट्रेलिङ आयल नाइजेरियाकाे ५० हजार डलर सहयाेग

नेपालब्रिटेन संवाददाता
२८ भाद्र २०८३, आईतवार ११:०६

काठमाडाैं । नाइजेरियाको स्ट्रेलिङ आयल कम्पनीले रसुवाका बाढीपीडितलाई  ५०  हजार अमेरिकी डलर ( लगभग ७६ लाख नेरु )  सहयाेगकाे घाेषणा गरेकाे छ । स्ट्रेलिङले नेपालका बाढीपीडितलाई सहयोग प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरि पठाउने भएको छ ।  

अफ्रिकाका बाह्र भन्दा बढी देशमा खनिज तेल , खनिज र मेटल क्षेत्रमा कार्यरत साे कम्पनीले आफ्नो कल्याणकारी  शाखा भि- केयर फर डेभलपमेन्ट  फाउन्डेसनबाट पचास हजार डलर घोषणा गरेर थप ब्यक्तिगत सहयोग गर्न इच्छा राख्ने आफ्ना कर्मचारीलाई सहयोगका लागि आन्तरिक आह्वानसमेत गरेको छ । 

कर्मचारीहरुबाट प्राप्त  ऐच्छिक सहयोगसमेत  उक्त रकमा थपेर सबै  सहयोग राशि आगामी शुक्रवारभित्र नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा हुने भएको छ ।

सो सहयोगका लागि प्रस्ताव र पहल गर्नेमा त्यहाँ कार्यरत दिलीप  आचार्य हुन् । स्ट्रेलिङ नाइजेरियाको लागाेसमा  मुख्यालय रहेको निजी क्षेत्रको प्रमुख तेल तथा ग्यास अन्वेषण तथा उत्पादन कम्पनी हो। सन् २००५ मा स्थापना भएको यस कम्पनीले नाइजेरियाको अपस्ट्रिम तेल र ग्यास क्षेत्रमा अन्वेषण, विकास तथा कच्चा तेल उत्पादन गर्दै आएको छ। स्ट्रेलिङले १४३ क्षेत्रमा कच्चा तेल उत्पादन गर्दै आएको छ । 

धेरै पढिएको