२० जेष्ठ २०८१, आईतवार
Follow Us

आयल्याण्डमा दूतावास स्थापना गर्न माग

नेपालब्रिटेन डट कम्
२८ बैशाख २०८१, शुक्रबार ०३:२१

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्यान्डले आयरल्यान्डमा नेपाली दूतावास स्थापना गर्न माग गरेको छ ।

आयाल्याण्डमा बसोबास गर्ने नेपालीहरुको बढदै गइरहेको जनसंख्या सँगसगै नेपालीहरुका समस्याहरु पनि दिनानुदिन बढ्दै जाने क्रमलाई मध्यनजर गर्दै दूतावास स्थापनाका लागि नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा र नेपाली दूतावास लन्डनमा निवेदन पत्र दर्ता गरेको हो ।

एनआरएनए आयरल्यान्डका पूर्वअध्यक्ष, प्रमुख संरक्षक बिनोद कार्की र नेपाली जनसम्पर्क समिती आयरल्याण्डका सभापति अंकित ओलीले बैशाख २५ मा परराष्ट्र मन्त्रालय पुगेर परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई उक्त अनुरोध पत्र हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी गैरआवासीय नेपाली संघ आयरल्यान्डका अध्यक्ष, प्रकाश सापकोटाले बैशाख २६ गते नेपाली दूतावास लन्डनमा पुगि संयुक्त अधिराज्य र आयरल्यान्ड र माल्टाका लागि राजदूत ज्ञानचन्द आचार्यसमक्ष दूतावास स्थपनाका लागि अनुरोध पत्र हस्तान्तरण गरेका थिए ।