१० जेष्ठ २०८१, बिहीबार
Follow Us

प्रमाणपत्र वितरणमा लार्पवाही : सन्नी सगरमाथा समाज, अमेरिका

नेपालब्रिटेन डट कम्
२९ बैशाख २०८१, शनिबार ०५:१७

क्यालीफोर्नीया । नर्दन क्यालीफोर्नीयामा रहेको एक संस्थाले गैरआवासीय नेपाली संघ क्यालीफोर्नीया शाखाले सबै पक्षलाई नसमेटको भन्दै आपत्ति जनाएको छ ।
संस्थाले शुक्रवार एक विज्ञप्ति जारी गर्दै मे ५ तारिख आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमाणपत्र वितरणमा भएको मनोपलीको विरोध जनाएको छ ।

विज्ञप्तिमा नेपाल डे परेडसंग सम्बन्धित प्रमाण पत्रहरु बाढ्ने कार्यक्रम गरेको र विभिन्न सिटिहरुवाट आउनु भएका मेयर तथा अन्य पाहुनाहरुको तर्फवाट यस संस्थालाई प्रदान गरिएको प्रशंसापत्र अनाधिकृत रुपमा उहांहरूले नै ग्रहण गरि यस संस्थालाई जानकारी सम्म पनि नगर्नुले यस संस्थाको गरिमामा ठेस पुगेको उल्लेख छ ।


प्रेस विज्ञप्ती

नर्दन क्यालीफोर्नीयाको पुरानो सँस्था मध्यको एक सन्नी सगरमाथा समाजले प्रवासी नेपालीहरूलाई जोड्दै आएको ब्यहोरा जगजाहेर नै छ । राजनितीबाट टाढा रहि नेपाली मनहरूले मिलेर चाडबाड मान्ने आंगन नै सन्नी सगरमाथा समाज हो । सन्नी सगरमाथा समाज प्रवासी चेलीबेटीहरूको माईती हो । सुख-दुख शेयर गर्ने थलो हो ।

यसै संस्थाको आयोजनामा मे ५ गते वे ल्याण्ड पार्कमा सम्पन्न भएको शुभकामना आदान प्रदान तथा वनभोज कार्यक्रममा यस संस्थालाई जानकारी नदीई एनआरएनए जस्तो गरिमामय संस्थाको क्यालीफोर्नीया च्याप्टरका अध्यक्ष तथा West coast RC वाट आफूखुसी NRNA California chapter को Nepal day परेड संग सम्बन्धित प्रमाण पत्रहरु बाढ्ने कार्यक्रम गरेको र विभिन्न सिटिहरुवाट आउनु भएका मेयर तथा अन्य पाहुनाहरुको तर्फवाट यस संस्थालाई प्रदान गरिएको प्रशंसापत्र अनाधिकृत रुपमा उहांहरूले नै ग्रहण गरि यस संस्थालाई जानकारी सम्म पनि नगर्नुले यस संस्थाको गरिमामा ठेस पुगेको छ ।

हजारौं सदस्यहरूको आस्था र विश्वासको केन्द्र रहेको एनआरएनए जस्तो ठुलो संस्थाले आयोजक संस्था सन्नी सगरमाथा समाजको मन्च, विना जानकारी आयोजकको औपचारिक कार्यक्रम अगाबै प्रयोग गर्नु आश्चर्यजनक छ।

उक्त प्रशसा पत्र ग्रहण गर्नुहुने NRNA California का अधिकारी ज्यूहरु लाई उक्त घटनाको सम्बन्धमा आत्मा आलोचना गर्न अनुरोध गरिएकोमा उल्टै सामाजिक संजालहरुमा यस संस्थाको बदनाम गर्ने गरी जारी भएका पोष्ट , म्यासेज हरु साथै यस संस्थाका पदाधिकारी हरु लाई विभिन्न सामाजिक संजालमा जोडेर अवान्छनिय गतिविधिहरु गर्ने कार्य प्रती यस संस्था खेद प्रकट गर्दछ।

आगामी दिनमा यस्ता किसिमका गतिविधिलाई प्रसय नदिन र एनआरएनए का तर्फवाट भएका गल्ति कमजोरीहरुलाई आत्मा आलोचना गर्न संस्था माग गर्दछ ।

– सन्नी सगरमाथा समाज