२२ जेष्ठ २०८१, मंगलवार
Follow Us

फेरो अर्को अनसनमा डा. गोविन्द केसी

नेपालब्रिटेन संवाददाता
२९ बैशाख २०८१, शनिबार १४:१४

काठमाडौँ । डा. गोविन्द केसीले पशुपति मृगस्थलीमा २२औं अनशन सुरू गरेका छन्  । अन्तिम अल्टिमेटमको अवधिमा पनि माग सम्बोधन नभएको भन्दै शनिबार अपराह्नदेखि डा. केसी अनशनमा बसेका हुन् ।

डा. केसीले विगतका सम्झौताहरू कार्यान्वयनको मागसहित संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्नुपर्ने, सबै नेपालीलाई गुणस्तरीय साधै नि:शुल्क औषधिक उपचारको व्यवस्था गर्नुपर्ने, शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार र सबैको समान पहुँचसम्बन्धी गेटामा तुरुन्त प्रतिष्ठान सञ्चालन गर्नेलगायत मागहरू कार्यान्वयन र कार्की आयोगले दोषी ठहर्‍याएका व्यक्तिहरुलाई कारबाहीको माग अघि सारेका छन् ।