१० जेष्ठ २०८१, बिहीबार
Follow Us

प्रिमियर लिग: म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लियो

नेपालब्रिटेन संवाददाता
२९ बैशाख २०८१, शनिबार १४:१६

लन्डन। इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले फुलह्याममाथि शानदार जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई ४-० गोल अन्तरले पराजित गरेको छ ।

म्यानचेस्टर सिटीको जितमा जोस्को गभारडिओलले २ गोल गरे भने फिल फोडेन र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए । यस खेलमा खेलको ९५औं मिनेटमा फुलह्यामका इस्सा डिओपले रातो कार्ड पाएका थिए ।

यो जितपछि म्यानचेस्टर सिटी प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । लिगका ३६ खेलपछि म्यानचेस्टर सिटी ८५ अंक हासिल गर्दै शिर्ष स्थानमा उक्लिएको छ । अब २ खेल खेल्न बाँकी रहदा सिटीले यस सिजनको प्रिमियर लिग जित्ने सम्भावना बढी देखिएको छ । म्यानचेस्टर सिटीले लिगमा अब मे १५ मा टोटनह्यामसँग र मे १९ मा वेस्टह्यामसँग खेल्ने छ । सिटीमाथि अब दुवै खेल जित्नै पर्ने दबाब रहेको छ ।

त्यस्तै ३६ खेलमा ८३ अंकसहित आर्सनल दोस्रो स्थानमा रहेको छ । त्यसैगरी आर्सनलले आफ्ना अन्तिम दुई खेलमा आइतबार म्यानचेस्टर युनाइटेडसँग र मे १९ मा एभर्टनसँग खेल्ने तालिका रहेको छ । दुवै खेलमा जितभन्दा अन्य नतिजाले आर्सनललाई लिग उपाधिको दौडबाट बाहिर लैजाने छ ।

त्यसैगरी फुलह्यामको २७ खेलमा ४४ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।