लन्डन । नेपाली जनसम्पर्क समिति बेलायतको सभापति पदमा इन्द्रहाङ राईले उम्मेदवारी दिने भएका छन्। उनले आगामी आइतबार अल्डरशटमा आयोजना हुने समितिको महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्।
राईले नेपाली जनसम्पर्क समिति यूकेको कार्यसमितिमा सन् २०१७ देखि २०२१ सम्म सह–महामन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनी सन् २०२१ देखि समितिमा महामन्त्रीको जिम्मेवारीमा रहेका छन्।
यसअघि राई नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यका रूपमा सहभागी भएका थिए।
आगामी हप्ता हुने नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै बेलायतमा कांग्रेससम्बद्ध गतिविधि र नेतृत्व चयनको विषयले चर्चा पाएको छ। नेपाली जनसम्पर्क समिति बेलायतका संयोजक शेरबहादुर सुनारले महाधिवेशनको तयारी अघि बढाएसँगै बेलायतस्थित कांग्रेसजनबीच राजनीतिक गतिविधि थप सक्रिय भएको हो।