१० जेष्ठ २०८१, बिहीबार
Follow Us

प्रिमियर लिगबाट रेलिगेसनमा परे यी तीन क्लब

नेपालब्रिटेन संवाददाता
३० बैशाख २०८१, आईतवार ०५:२२

लन्डन । इङलिश प्रिमियर लिगबाट यस सिजनमा रेलिगेशनमा पर्ने तीन क्लबको टुंगो लागेको छ । यस सिजनमा लुटन टाउन, बर्नली र शेफिल्ड युनाइटेड रेलिगेशनमा परेका छन् । लिगमा अब एक एक खेल खेल्न बाँकी रहेका यी तिनै क्लबको रेलिगेशनमा पर्ने टुंगो लागेको हो ।

शनिबार राति सम्पन्न खेलमा लुटन टाउन वेस्टह्याम युनाइटेडसँग ३-१ गोल अन्तरले पराजित भएको थियो । ३७ खेलमा लुटन टाउनको २६ अंक रहेको छ र लिगमा १८औं स्थानमा रहेको छ ।

त्यस्तै शनिबार राति नै सम्पन्न खेलमा बर्नली टोटनह्यामसँग २-१ गोल अन्तरले पराजित भएसँगै रेलिगेसनमा पर्ने निश्चित भएको हो ।

बर्नलीको ३७ खेलमा २४ अंक रहेको छ र लिगमा १९औं स्थानमा छ । त्यस्तै ३७ खेलमा १६ अंक रहेको शेफिल्ड युनाइटेड भने यस अघि नै रेलिगेशनमा परेको थियो ।

त्यसैगरी आउदो सिजनका लागि लेस्टर सिटी प्रिमियर लिगमा फर्किने निश्चित भएको छ भने आइपीएस टाउनले पनि आउदो सिजनका लागि प्रिमियर लिगमा आफ्नो स्थान पक्का गरेको छ

त्यस्तै प्रिमियर लिगमा आउने तेस्रो टिम भने प्लेअफको खेलबाट टुंगो लाग्ने छ । प्लेअफमा लिड्स युनाइटेड, साउथहम्पटन, वेस्ट ब्रोमविच र नोर्विच सिटी खेल्ने छन् ।