१६ जेष्ठ २०८१, बुधबार
Follow Us

हृदयाघातका कारण बेल्जियममा कलाकार उज्वल केसी निधन

नेपालब्रिटेन डट कम्
३० बैशाख २०८१, आईतवार १९:०२

लण्डन । कलाकार तथा म्युजिक भिडियो निर्देशक उज्वल केसीको निधन भएको छ । लामो समयदेखि बेल्जियममा बसोबास गर्दै आएका कलाकार केसीको हृदयाघातका कारण शनिबार निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

कलाकार संघका सदस्यसमेत रहेका केसीको बेल्जियममै निधन भएको हो । केसीका भाइ प्रज्वल केसीका अनुसार दिवंगत केसीको अन्त्येष्टि सोमबार बेल्जियममै गरिनेछ ।

केसीले नेपालमा छँदा रेडियो, टेलिभिजनमा काम गर्नुका अलवा टेलिचलिचत्र, फिल्म, म्युजिक भिडियो अभिनयगरेका छन् । केसीको निर्देशनमा थुप्रै म्युजिक भिडियो समेत बनेको छ ।