२५ जेष्ठ २०८१, शुक्रबार
Follow Us

माओवादी एसिया क्षेत्रिय संयोजकमा शनि ओली मनोनित

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०८१, सोमबार १९:३६

लण्डन् । नेकपा माओवादी केन्द्रको एसिया प्रदेश संगठन समितिको संयोजकमा शनि कुमार ओली (नवराज) भएका छन । पार्टीले ओलीको संयोजकत्वमा प्रदेश संगठन समिति गठन गरेको हो । प्रदेश इञ्चार्ज, सह– इञ्चार्ज र त्यहाँ कार्यरत केन्द्रीय सदस्यको सिफारिसमा पदाधिकारी र सदस्यहरू रहेको प्रदेश संगठन समिति गठन गरिएको महासचिव देव गुरुङले जानकारी दिए ।
जसअनुसार पदाधिकारीतर्फ सह– संयोजकमा भुपाल श्रेष्ठ र हरि नेपाली, सचिवमा भवानी पन्त, सह–सचिवमा श्री कृष्ण भट्टराई र दिपक पुन चयन हुँदा कोषाध्यक्षमा बाबुराम बिश्वकर्मा चयन भएका छन ।

यस्तै कार्यसमितिको सदस्यहरूमा रमेश तिवारी, रामहरि पुडासैनी, दुर्गा मिलन गुरुङ, अरुण श्रेष्ठ, श्री प्रसाद श्रेष्ठ , इश्वरी कठायत, अर्जुन घर्तिमगर, प्रेम पाण्डे, मुक्ति मरासिनी, हवलचन्द्र लामा, कालिका थापा, शालिकराम भण्डारी, जैवी चाम्लिङ राई, बुद्धि भण्डारी, रवि रमण अधिकारी र मनु मगर चयन भएका छन् ।

यस्तै नारायण बिश्वकर्मा, कमल शाही , उमेश बिश्वकर्मा, होमनाथ शर्मा, ठाकुर प्रसाद ढुङ्गाना, कमल महत, युवराज के।सी, भिम केरुङ, दुर्गा प्रसाद प्याकुरेल, युवराज कार्की र रेशम पौडेल पनि सदस्य चयन भएका छन ।

माओवादी केन्द्रको गत फागुन १३ गते सम्पन्न पार्टीको बिधान अधिवेशनबाट पारित बिधानको ब्यवस्था अनुसार एसिया (सार्क बाहेक) प्रदेश समितिको निर्माण गर्ने निर्णय भएको थियो ।

यसैगरी प्रवास प्रदेश समिति भारत प्रदेशको इन्चार्जमा लक्ष्मण पन्त छन् भने प्रवास प्रदेश समिति युरोप र अमेरिका प्रदेशको इन्चार्जमा सुरेन्द्र कुमार कार्की चयन भएका छन । तीनमध्ये भारत प्रदेश र युरोप र अमेरिका प्रदेशको कमिटी भने गठनको प्रक्रियामा रहेको माओवादी केन्द्रले जनाएको छ ।

माओवादीले एसिया प्रदेश संगठन समितिको इन्चार्जमा उपाध्यक्ष पम्फा भुसाल र सहइन्चार्जमा ओम शर्मालाई यसअघि नै जिम्मेवारी दिइसकेको छ ।