५ असार २०८१, मंगलवार
Follow Us

सुदूरपश्चिममा एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने

नेपालब्रिटेन संवाददाता
१ जेष्ठ २०८१, मंगलवार १२:५५

एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ । पार्टीको केन्द्रीय निर्देशनअनुसार मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने तयारी गरीएको एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावल जानकारी दिएका छन ।

यद्यपि यो बारेमा औपचारिक निर्णय गर्न बाँकी रहेको उनले जानकारी दिएका छन । उनले भने, ‘हामी मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छौं । पार्टी नेतृत्वको निर्देशन पनि प्राप्त भएको छ ।’

६ वैशाखमा एमालेसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सोडारीले २१ वैशाखमा विश्वासको मत लिने तयारी गरेका थिए । तर एमालेले बझाङ उपनिर्वाचनबाट विजयी दमन भण्डारी बुवाको किरियाकर्ममा रहेको र मुख्यमन्त्रीले सल्लाह नगरेको भन्दै विश्वासको मत दिन नसकिने अडान लिएपछि प्रदेश सभाको बैठक बस्न सकेको थिएन ।

एमालेले केन्द्रको निर्देशन नआएको भन्दै २१ वैशाखमा पनि विश्वासको मत दिन नसकिने बताएपछि बैठक स्थगित भएको थियो ।