३१ जेष्ठ २०८१, बिहीबार
Follow Us

सांसद डिल्लीराम सुवेदीद्धारा बाग्लुङमा शैक्षिक सामग्री वितरण (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
४ जेष्ठ २०८१, शुक्रबार ००:१८

लण्डन । बाग्लुङस्थित एक सामुदायिक विद्यालयमा निशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ । हेल्प नेपालको सहयोगमा नेपाली कांग्रेसका युवा नेता तथा प्रदेश सांसद डिल्लीराम सुवेदीले श्री पृथ्वी हिरण्य माध्यमिक विद्यालय बानपा- १२ अमलाचौर, बागलुङमा विहिवार ती सामग्री विधार्थीहरुलाई हस्तान्तरण गरेका हुन् ।

कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुलाई स्कुल झोला, कापी, पेन्सिल,ज्यामिती बक्स, स्केल, साबुन, टुथपेष्ट, टुथब्रस,कलर पेन्सिल, नङकट, काईयो लगाएत अन्य उनीहरुलाई चाहिने सामग्रीहरुको साथै विभिन्न बिषयसँग सम्बन्धित पुस्तकहरु समेत वितरण गरियो ।

सांसद सुवेदी प्रमुख अतिथि रहेको कार्यक्रममा विधालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर खत्री, वडा अध्यक्ष कोपिलामणि शर्मा लगायतले मन्तव्य दिए ।

कार्यक्रममा शिक्षक, अविभावक, जनप्रतिनिधि, विद्यार्थी लगायतको उपस्थिति थियो ।